रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको तीन वर्ष पूरा

रवीन्द्र अधिकारीको निधनपछि चुहानडाँडा बिमानस्थल अलपत्र छ। तत्कालीन पर्यटन मन्त्री अधिकारीले ३ वर्षमा काम सक्ने लक्ष्य सुनाएको ३ वर्ष पूरा हुँदा बल्ल चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन शुरु भएको छ।

नेपालभ्युज

रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको तीन वर्ष पूरा
स्वर्गीय नेता रवीन्द्र अधिकारी

काठमाडौं। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज तीन वर्ष पूरा भएको छ। ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा १५ फागुन २०७५ मा सोही क्षेत्रमा नै हेलिकप्टर दुर्घटना भई अधिकारीसहित सात जनाको निधन भएको थियो।

दुर्घटनामा अधिकारीसहित यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसओ अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो।

तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि अध्ययन तथा अवलोकनका क्रममा आएका मन्त्री अधिकारीसहितको टोली त्यहाँको कार्यक्रम सकेर पाथीभराको दर्शनका लागि ताप्लेजुङ आएको थियो।
दुर्घटनाबाट मुलुकले एक होनहार नेता गुमाएको तीन वर्ष पुगे पनि आज ताप्लेजुङमा कुनै स्मृतिका कार्यक्रम आयोजना भएनन्। यसैबीच अधिकारीको सम्झनामा पाथीभरा क्षेत्रमा पर्ने गोरुजुरेमा स्मृति उद्यान बन्ने भएको छ। केन्द्र सरकारले अधिकारी स्मृति पार्क निर्माणकै लागि फुङलिङ नगरपालिकालाई बजेट दिएको थियो। उक्त बजेटले परियोजना प्रतिवेदन तयार भएको छ। उद्यान निर्माण अघि बढाएको फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए।

रवीन्द्र अधिकारीको निधनपछि चुहानडाँडा बिमानस्थल अलपत्र छ। तत्कालीन पर्यटन मन्त्री अधिकारीले ३ वर्षमा काम सक्ने लक्ष्य सुनाएको ३ वर्ष पूरा हुँदा बल्ल चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन शुरु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि यो वर्ष बजेट विनियोजन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved