युक्रेनकी महिला सांसद हतियार बोकेर लडाइँमा

नेपालभ्युज

युक्रेनकी महिला सांसद हतियार बोकेर लडाइँमा

एजेन्सी। अहिले युक्रेन र रुसबीच लडाइँ चलिरहेको छ। आफ्नो देशमाथि आक्रमण भएपछि युक्रेनका धेरै नागरिक र नेताले हतियार उठाइरहेका छन्।
यसैबीच युक्रेनकी ३६ वर्षीया महिला सांसद किरा रुडिकले हतियार बोकेको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

सांसद किरा रुडिक अमेजन अनलाइन सपिङ प्लेटफर्मको कम्पनी रिंगकी पूर्व चिफ अपरेटिङ अफिसर समेत हुन्। रिंगले स्मार्ट घर र घरको सुरक्षा बढाउन सहयोग गर्ने उत्पादनहरू तयार गर्छ।

सामाजिक सञ्जालमा हतियार बोकेको तस्विर पोस्ट गर्दै किराले आफूले हतियार चलाउन जानेको उल्लेख गरेकी छिन्। ‘‘युक्रेनका पुरुषहरु जसरी नै हामी महिलाहरू पनि देशको रक्षा गर्नका लागि पछि हट्नेछैनौं,’ उनले ट्वीटरमा लेखेकी छिन्।

रुसी सेना युक्रेनको राजधानी किभमा पुगेको छ। यसबीच युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेनेस्की आफैं पनि सेनालाई निर्देशन दिन अघि सरेका छन्। पूर्व राष्ट्रपति पेड्रो पोरोसेन्को सेनाको एउटा बटालियन नै लिएर सडकमा ओर्लिएका छन्।

शुक्रबार राति राष्ट्रपति जेलेनेस्कीले देशवासीका नाममा भिडियो सन्देश जारी गरेका थिए। ‘हामी किभमा छौं । युक्रेनको रक्षा गरेरै छाड्छौं,’ उनले भनेका थिए, ‘मेरो परिवार युक्रेनमै छ। मेरा बच्चाहरू गद्दा होइनन्। उनीहरू युक्रेनका नागरिक हुन्। हामीलाई मिलेको जानकारी अनुसार दुश्मन (रुस) को पहिलो निशानामा छ र दोस्रो निशानामा मेरो परिवार छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved