एक सय एक जना संक्रमित थपिए

नेपालभ्युज

एक सय एक जना संक्रमित थपिए

काठमाडौं ।  पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। दुई हजार २३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमा दुई हजार ९१३ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पाँच हजार १५२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १५५ जनामा सङ्क्रमण पुष्टि भएको छ। सोही अवधिमा ५४० जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३४ पुगेको छ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २९ हजार ११९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। त्यस्तै नेपालमा हाल आठ हजार ८३९ जना सक्रिय सङ्क्रमित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved