३ सय रूसी प्याराट्रपर्स खसालिदिएको युक्रेनको दाबी

नेपालभ्युज

३ सय रूसी प्याराट्रपर्स खसालिदिएको युक्रेनको दाबी

युक्रेनमा रुसले गरेको आक्रमणको आज तेस्रो शनिबार राजधानी किभलगायत युक्रेनको सबै महत्वपूर्ण सहरमा विष्फोट भएको छ।

रुसी सेना राजधानी किभमा प्रवेश गरेलगत्तै युक्रेनी सेनासँग युद्ध गरेको थियो। यसैबीच युक्रेनले ३०० रुसी प्याराट्रूपर्सले भरिएका दुईवटा विमान खसालेको दाबी गरेको छ भने रुसी सेनाले किभ एयरपोर्ट कब्जा गरेको छ।

यसअघि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले रुसविरुद्ध निन्दा प्रस्ताव पारित गरेको थियो। उक्त प्रस्तावको पक्षमा ११ र विपक्षमा १ मत परेको थियो। भारत, चीन र यूएईले मतदानमा भाग लिएका थिएनन्। तर, रुसले भिटो शक्ति प्रयोग गरेर यो निन्दा प्रस्ताव अस्वीकार गरिदिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved