ए डिभिजन लिगमा थ्रीस्टार र बीबीसीबीच बराबरी

नेपालभ्युज

ए डिभिजन लिगमा थ्रीस्टार र बीबीसीबीच बराबरी
तस्वीर : थ्रीस्टार क्लब।

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा रेलिगेसनमा परिसकेको बिग्रेड ब्वाइज क्ललसँग थ्रीस्टारले बराबरी खेलेको छ। बीबीसीका प्रशान्त तामाङले खेलको ५६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलको खेलको अन्तिम समयमा थ्रीस्टारका डोना थापाले बराबरी गोल फर्काए। बराबरीपछि बीबीसीले १३ खेलबाट ७ अंक जोडेको छ, यसअघि नै बीबीसी रेलिगेसनमा परिसकेको थियो।

त्यस्तै, थ्रीस्टारले १३ खेलबाट १९ अंकसहित छैटौं स्थानमा रहेर लिग टुंग्याएको छ।

अर्को खेलमा जावलाखेल र संकटाले पनि बराबरी खेले। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। संकटाबाट उत्तम राईले बराबरी गोल फर्काए। बराबरीपछि संकटा लिगमा सातौं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved