टी २० विश्वकप छनोटमा क्यानेडाविरूद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

नेपालभ्युज

टी २० विश्वकप छनोटमा क्यानेडाविरूद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं। टी २० विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले नेपालले क्यानेडाको सामना गरिररहेको छ। ओमान क्रिकेट एकेडेमीको ग्राउन्ड वानमा जारी खेलमा टस हारेको नेपालले फिल्डिङ गर्दैछ।

नेपाली टिममा आज फास्ट बलर गुल्सन झाको साटो कमलसिंह ऐरी टिममा फर्किएका छन्। शनिबारको फिलिपिन्ससँगको खेलमा ऐरीलाई आराम दिइएको थियो। यसअघि दुईवटा खेल जितिसकेको नेपालले आज जित हासिल गरे समूह विजेता बन्दै सेमिफाइनल यात्रा गर्नेछ। खेल हारेपनि रनरेटका आधारमा नेपाल सेमिफाइनल पुग्ने संभावना कायमै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved