रोल्पामा गाडीको ठक्करबाट एक जनाको मृत्यु

नेपालभ्युज

रोल्पामा गाडीको ठक्करबाट एक जनाको मृत्यु

रोल्पा। बोलेरो गाडीको ठक्करबाट रोल्पामा एक जनाको मृत्यु भएको छ। रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ४ सुलिचौर बजारमा बिहान करिब १० बजे पैदल हिँडिरहेका सुनिल स्मृति गाउँपालिका वडा नम्बर २ निवासी ७७ वर्षीय लालबहादुर भुषाललाई लु२च ६८८६ नम्बरको बोलेरो पिकअप गाडीले ठक्कर दिँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका भुषाललाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लगिएको उनको उपचारको क्रममा मृत्यु भएको हो।

ठक्कर दिने गाडी र चालक सुनछहरी गाउँपालिका वडा नम्बर २ निवासी १९ वर्षीय लालबहादुर बुढालाई इलाका प्रहरी कार्यालय सुलिचौरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved