ए डिभिजन लिगमा जावलाखेल र हिमालयन शेर्पा तथा मनाङ र एनआरटी खेल्दै

’ए’ डिभिजन लिग फुटबलमा आज जावलाखेल यूथ क्लब र हिमालयन शेर्पा क्लब तथा बेलुकी पौने पाँच बजे मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) खेल्नेछन्।

नेपालभ्युज

ए डिभिजन लिगमा जावलाखेल र हिमालयन शेर्पा तथा मनाङ र एनआरटी खेल्दै

काठमाडौं। ’ए’ डिभिजन लिग फुटबलमा आज जावलाखेल यूथ क्लब र हिमालयन शेर्पा क्लब तथा बेलुकी पौने पाँच बजे मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) खेल्नेछन्। १२औँ चरण अन्तर्गतको खेलमा चार टोली भिड्न लागेका हुन्।

यसैबीच च्यासल यूथ क्लब ’ए’ डिभिजन लिगबाट रेलिगेशनमा परेको छ।

हिजो भएको खेलका फ्रेण्ड्स क्लबसँग २–१ गोलले पराजित भएको च्यासल रेलिगेशनमा परेर ’बी’ डिभिजनमा घटुवा भएको हो। २०७३ सालमा बढुवा भएको च्यासलले तीन वटा सिजन ’ए’ डिभिजन लिग खेल्न पायो। हिजोको जितसँगै १० अङ्क बनाएको फ्रेण्ड्स लगभग रेलिगेशनबाट बचेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved