केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ।

नेपालभ्युज

केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
सांकेतिक तश्वीर

काठमाडौं। आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना छ। अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ भने तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ।

पश्चिमी वायुको प्रभाव कायमै रहने भएकाले भोलि र पर्सि पनि पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने र केही ठाउँमा मेघगर्जनसहित चट्याङ्ग र वर्षा हुनसक्ने अनुमान छ। मौसमविद्ले चट्याङ्गको सम्भावना रहेकाले खेतीपातीको काम गर्दा ध्यान दिन आग्रह गरेका छन्।

२०७८ फागुन ०८ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागको केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ फागुन ०९ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved