एमसीसी नेपालकाे हितमा छ, संसदबाट सर्वसम्मत पारित गर्नुपर्छ : डा.महत

नेपालभ्युज

एमसीसी नेपालकाे हितमा छ, संसदबाट सर्वसम्मत पारित गर्नुपर्छ : डा.महत
फाइल तस्वीर।

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले सबै मिलेर एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन्। रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले एसिसी नेपालको हितमा रहेको बताए।

एमसीसीबारे नेपालमा भएका आलोचनामा कुनै सत्यता नरहेको दाबी उनले गरे।

नेता महतले फागनु १६ गतेभित्रै एमसीसी पारित गराउनुपर्नेमा जोड दिए। डा. महतले एमसीसी सम्झौता गर्दासम्म सबै दल सहभागी भएको उल्लेख गर्दै अब पारित गर्न पनि सबै दलले भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले कम आय भएका मुलुकहरुलाई सहयोग गर्न अमेरिकाले  एमसीसी परियोजना ल्याएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved