मैले पार्टी फुटाएको होइन, नयाँ पार्टीमा आवद्ध भएको हुँ : कमल थापा

थापाले आफूले पार्टी फुटाएको नभएर राप्रपाबाट अलग भएको तथा पहिले नै सक्रिय रहेको पार्टीमा जिम्मेवारी लिएको बताए।

नेपालभ्युज

मैले पार्टी फुटाएको होइन, नयाँ पार्टीमा आवद्ध भएको हुँ : कमल थापा
फाइल तस्वीर

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई नफुटाएको दाबी गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा आयोजित राप्रपा नेपाल घोषणा सभालाई सम्बोधन गर्दै थापाले यसतो दाबी गरेका हुन्।

थापाले आफूले पार्टी फुटाएको नभएर राप्रपाबाट अलग भएको तथा पहिले नै सक्रिय रहेको पार्टीमा जिम्मेवारी लिएको बताए। उनले आफूले गीता छोएर खाएको कसम नभुलेको भन्दै पार्टी नफुटाएको दाबी गरे।

थापाले गलत प्रवृत्तिको विरुद्धमा आवश्यक परे युद्धसमेत गर्नुपर्छ भन्ने भगवान श्रीकृष्णको भनाइलाई बोकेर आफू अगाडि बढेको बताए। उनले अहिले आफ्नो पार्टी राप्रपा नेपालको कुनै राजनीतिक शत्रु नभएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved