वेष्ट इण्डिजसँगको टी ट्वान्टी सिरिज एक खेलअगावै भारतले जित्यो

नेपालभ्युज

वेष्ट इण्डिजसँगको टी ट्वान्टी सिरिज एक खेलअगावै भारतले जित्यो

काठमाडौं । वेष्ट इण्डिजविरुद्ध टी-२० सिरिज भारतले एक खेल बाँकी छँदै जितेको छ।

शुक्रबार वेष्ट इण्डिजमाथि ८ रनको रोमाञ्चक जित निकालेसँगै भारतले २-० को ले सिरजमाथि कब्जा जमाउन सक्यो।

भारतले दिएको १८७ रनको लक्ष्य वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर भेट्टाउन सकेन। उसले मात्र १७८ रन बनायो। उसका लागि निकोलस पूरन र रोभम्यान पावेलले उत्कृष्ट पारी खेले पनि टोलीलाई हराबाट जोगाउन सकेनन्।

पुरनले ४१ बलमा पाँच चौका र तीन छक्कासहित ६२ रन बनाउँदा पावेलले ३६ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित ६८ रनको योगदान दिए। यस्तै ब्रेण्डन किंग २२ र कायल मेयर्स ९ रनमा आउट भएका थिए।

भारतका रवि विश्नोई, युजवेन्द्र चहल र भुवनेश्वर कुमारले समान एकरएक विकेट लिए ।

त्यसअघि, कोलकातास्थित इडेन गार्डेन मैदानमा टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनायो।

उसका लागि विराट कोहली, ऋषभ पन्त र वैंकटेश अय्यरले उत्कृष्ट पारी खेले।

कोहलीले ४१ बलमा सात चौका र एक छक्काको मद्दतमा ५२ रन बनाए। योसँगै उनले टी–२० सर्वाधिक अर्धशतक बनाउने मामलामा रोहित शर्माको कीर्तिमान बराबर गरेका छन्। विराट र रोहितले टी(२० मा ३०र३० अर्धशतक बनाएका छन्।

पन्तले पनि अर्धशतकीय पारी खेले। उनले २८ बलमा सात चौका र एक छक्कासहित अविजित ५२ रन जोडे। अय्यरले १८ बलमा चार चौका र एक छक्काको सहयोगमा ३३ रनको पारी खेले। रोहितले १८ बलमा दुई चौका र एक छक्कासहित १९ रनको योगदान दिए। इशान किशनले २ र सूर्यकुमार यादवले ८ रन बनाए।

वेष्ट इण्डिजका रोस्टन चेसले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। त्यस्तै, रोमारियो सेफर्ड र सेल्डन कोट्रेलले एकरएक विकेट हात पारे। भारत र वेष्टइण्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० खेल भोलि आइतबार हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved