प्रजातन्त्र दिवसमा राष्ट्रपतिको सन्देश- जनतालाई वास्तविक परिवर्तन दिलाउनुपर्छ

नेपालभ्युज

प्रजातन्त्र दिवसमा राष्ट्रपतिको सन्देश- जनतालाई वास्तविक परिवर्तन दिलाउनुपर्छ
फाइल तस्वीर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउनुपर्ने जनाएकी छिन्। यस वर्षको प्रजातन्त्रको दिवसमा उनले लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी हुन्।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताइन्।

उनले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिन्।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शनिवार दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले जहानियाँ निरंकुश शासनविरुद्ध बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएर आधारभूत मानवअधिकारको बहाली गराई नेपाली जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाइरहेका बताइन्।

त्यसपछिको ७ दशकभन्दा लामो उतारचढावपूर्ण यात्रामा नेपाली जनताको निरन्तर संघर्षकै प्रतिफलस्वरूप लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख गरेकी छन्।

यसै क्रममा राष्ट्रपति कार्यालयले हिजो प्रजातन्त्रको अवसर पारेर कूल पाँच सय १ कैदीलाई माफी दिएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी रहेको सजाय मिनाहा गरिदिएको राष्ट्रपति कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved