सोह्र सयले घट्यो सुनको मूल्य

नेपालभ्युज

सोह्र सयले घट्यो सुनको मूल्य

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको छ। आज बजारमा सुन ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको छ। जसको मूल्य मंगलबार प्रतितोला ९६ हजार २०० रुपैयाँ तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपास कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved