रामकृष्ण ढकालको नयाँ गीत ‘तिम्ले बोल्ने बोली’ सार्वजनिक

नेपालभ्युज

रामकृष्ण ढकालको नयाँ गीत ‘तिम्ले बोल्ने बोली’ सार्वजनिक

काठमाडौं। गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘तिम्ले बोल्ने बोली’ बोलको नयाँ गीत ‘भ्यालेनटाइन डे’ को छेको पारेर सार्वजनिक भएको छ।

आइतवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला’आकाश’ को शब्द रचना छ।

गीतको भिडिओमा आकाश श्रेष्ठ र खुश्बु खड्काले अभिनय गरेका छन्। चलचित्रका निर्देशकसमेत रहेका सुव्रत आचार्यले गीतको भिडियोको निर्देशन गरेका छन्।

भिडियो सार्वजनिक कार्यक्रममा गायक ढकालले गीतको अडिओ र भिडिओ राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे। गीतले भ्यालेनटाइन डे’ विशेष बनाउन सक्ने भन्दै उनले आफ्ना लागि पनि यो गीत विशेष रहेको बताए।

गीत सार्वजनिक कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, नेपाल हाउसका अध्यक्ष रुद्र शर्मा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा रामकृष्ण ढकालले स्वर्गीय भारतीय गायिका लता मंगेशकरलाई सम्झिँदै श्रद्धाञ्जलि अर्पण गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved