कपिलवस्तुमा सवारी दुर्घटना, एकको मृत्यु

नेपालभ्युज

कपिलवस्तुमा सवारी दुर्घटना, एकको मृत्यु
सांकेतिक तस्वीर।

बुटवल । सवारी दुर्घटनामा परि कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ। जिल्लाको बाणगंगा नगरपालिका वडा नं ३ बबनीमा सवारी दुर्घटनामा परि बाणगंगा ८ का नमु पौडेलको मृत्यु भएको हो। दुर्घटनामा ३ जना घाइते भएका छन्। पौडेलको उपचारका क्रममा मृत्यु भएको हो।

प्रदेश नं २–०३–०२१ प ९६०२ नम्बरको स्कुटर र लु ३२ प ४७८० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय पिपराले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved