रूसमा कोरोनाको नयाँ रेकर्ड, एकैदिन दुई लाख तीन हजारभन्दा धेरै संक्रमित

नेपालभ्युज

रूसमा कोरोनाको नयाँ रेकर्ड, एकैदिन दुई लाख तीन हजारभन्दा धेरै संक्रमित

मस्को । रुसमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा दुई लाख तीन हजार ९४९ जना सङ्क्रमित भएका छन्। “एकै दिनमा यती धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,” रुसको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ।

यससँगै रुसमा सक्रिय संक्रमितको संख्या २३ लाख ७१ हजार ३ सय ३८ पुगेको छ। कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या एक करोड ३७ लाख ३१ हजार ७९४ पुगेको छ। संक्रमणका कारण अहिलेसम्म देशभर तीन लाख ३८ हजार ८१३ जनाको मृत्यु भएको छ। ती मध्ये ७२२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो, यस अवधिमा एक लाख १२ हजार २३६ जना सङ्क्रमणमुक्त भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved