सन्दीपको कप्तानीमा पहिलो खेल खेल्दै नेपाल

ओमानविरुद्ध तीन विकेट लिन सके उनी टी-ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा कम खेलमा ५० विकेट लिने दोस्रो खेलाडी बन्नेछन्।

नेपालभ्युज

सन्दीपको कप्तानीमा पहिलो खेल खेल्दै नेपाल

काठमाडौं। नेपालले चार देशीय टी-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा आज ओमानसँग भिडन्त गर्दैछ। यो खेल स्टार स्पिनर सन्दीप लामिछानेको कप्तानीमा नेपालले खेल्न लागेका पहिलो अन्तर्राष्ट्रिय खेल हो।

त्यस्तै २१ वर्षीय सन्दीप यो खेलबाट अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा कप्तानी गर्ने आठौँ कान्छा खेलाडी पनि बन्दैछन्।
दुई महिना अघि मात्र नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई राष्ट्रिय टिमको कप्तानीको जिम्मेवारी दिएको थियो।

उनी नेपाली राष्ट्रिय क्रिकेट टिमका ११ औँ कप्तान हुन्। उनले यसअघि यू-१९ राष्ट्रिय टिमको कप्तानी गरिसकेका छन्।
त्यस्तै घरेलु क्रिकेटमा भने पोखरा प्रिमियर लिगमा बिराटनगर टाइटन्स र मेयर कपमा काठमाडौं ११ र एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ को कप्तानी गरेका अनुभव उनीसँग छ।

कप्तानीसँगै यो खेलमा ब्यक्तिगत प्रदर्शनमा पनि उनी अर्को रेकर्ड नजिक छन्। सन्दीपले हालसम्म २६ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ४७ विकेट लिइसकेका छन्।

ओमानविरुद्ध तीन विकेट लिन सके उनी टी-ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा कम खेलमा ५० विकेट लिने दोस्रो खेलाडी बन्नेछन्।

यो रेकर्डको पहिलो स्थानमा श्रीलंकन अजन्था मेण्डिसको नाममा छ। उनले २६ खेलमा ५० विकेट पूरा गरेका थिए। हाल २८ खेलमा ५० विकेट पुरा गरेका आयरल्याण्डका मार्क अडर दोस्रो स्थानमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved