ए डिभिजन लिग: दशौँ चरणका खेल आजबाट

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल यूथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

नेपालभ्युज

ए डिभिजन लिग: दशौँ चरणका खेल आजबाट

काठमाडौं। शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको दशौँ चरणको खेलहरू आज (शुक्रबार)बाट शुुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। फ्रेन्ड्स र ब्रिगेडबीचको खेल दिउँसो १ बजे शुरु हुनेछ।

फ्रेन्ड्स र ब्रिगेड दुवै टोली जित निकाल्ने योजनासहित मैदान उत्रने छन्। त्यसैले यस खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा छ। फ्रेन्ड्सले ९ चरण सकिदा जित निकाल्न सकेको छैन। रेलिगेसनबाट जोगिन फ्रेन्ड्सलाई ब्रिगेडविरुद्धको खेल जित्नैपर्ने दबाब छ।

यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल यूथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी र जावलाखेलबीचको खेल ४:४५ बजे सुरु हुनेछ। आर्मी जावलाखेललाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ। आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा छ। जावलाखेल पनि आर्मीविरुद्ध उत्कृष्ट नतिजाको खोजीमा हुनेछ। जावलाखेल ८ अंक जोडेर ११ औँ स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved