एमसीसी विवादका कारण माओवादी बैठक स्थगित

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

नेपालभ्युज

एमसीसी विवादका कारण माओवादी बैठक स्थगित

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। आज (शुक्रबार)देखि काठमाडौंमा बस्ने भनिएको बैठक स्थगित भएको हो।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक स्थगित भएको बताए।

केन्द्रीय समितिको बैठकले पदाधिकारी, स्थायी समितिको सदस्य, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड, स्थानीय तहको निर्वाचन, एमसीसीसहित पछिल्लो राजनीतिक अवस्था’दलगत छलफल गर्ने एजेन्डा रहेको थियो ।

तर, पदाधिकारीलगायतका विषयमा तयारी नपुगेकाले बैठकको अघिल्लो दिन स्थगित गर्नुपरेको माओवादी स्रोतले जनाएको छ। यस्तै, बैठकमा एमसीसी परियोजना’दलगत समेत विवाद हुन सक्ने भएकाले बैठकलाई पर धकेल्ने काम भएको हुन सक्ने दाबी स्रोतको छ ।

एमसीसी परियोजना’दलगत सत्तारूढ पाँच दलीय गठबन्धनभित्र समेत विवाद छ। एमसीसी सचिवालयलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा पत्र लेखेपछि विवाद झन् बढ्दै गएको छ। यद्यपि, प्रचण्डको सचिवालयले एमसीसी परियोजनाको सर्त संशोधन नगरी पारित गर्न नसकिने भन्दै प्रस्टीकरण दिएको छ।

तर, ढकालले कोभिड संक्रमणलाई ध्यानमा राख्दै बैठक स्थगित भएको दाबी गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved