सांस्कृतिक संघले लियो कांग्रेसको चुनाव प्रचारको जिम्मा

संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी तीन ओटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनको लागि प्रचार प्रसारको जिम्मेवारी लिने बताएको हो।

नेपालभ्युज

सांस्कृतिक संघले लियो कांग्रेसको चुनाव प्रचारको जिम्मा

काठमाडौं। आगामी तीन ओटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघले प्रचार प्रसारको जिम्मेवारी लिने भएको छ।

बुधबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी तीन ओटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनको लागि प्रचार प्रसारको जिम्मेवारी लिने बताएको हो।

पत्रकार सम्मेलनमा बोल्दै संघका सभापति तीर्थबहादुर थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराउनका लागि स्रष्टा र संस्कृतिकर्मीहरुलाई सक्रिय र सशक्त रुपमा परिचालन गरिने बताए। उनले कांग्रेसले हालसम्म गरेका कामहरु तथा भविष्यमा गर्ने कामहरुको सम्बन्धमा गीत, संगीत, कविता, नाटक, प्रहशन, नृत्यको माध्यमबाट जनतासम्म पुर्‍याउने पनि बताए।

निर्वाचन प्रयोजनका लागि फागुन मसान्तसम्म सातओटै प्रदेशमा संगठन सुदृढीकरण तथा प्रशिक्षण आयोजना गरिने र चैत मसान्तभित्र देशका ७५३ ओटै स्थानीय तहमा संगठन निर्माण गरी निर्वाचनमा सक्रिय सहभागिता जनाउने संघका सभापति थापाले जानकारी दिए।

नेपाल सांस्कृतिक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो। संघको तेस्रो महाधिवेशन आगामी ६ महीनाभित्र सम्पन्न गर्ने योजना रहेको पनि सभापति थापाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved