लेखक गनेस पौडेलले गरे पोखरा महानगरको मेयरमा उम्मेदवारी घोषणा

पोखरामा अरु कसैले उम्मेदवारी घोषणा गरेका छैनन्। पौडेलको केही वर्ष पहिलो उपन्यास पैताला प्रकाशित भएको थियो।

नेपालभ्युज

लेखक गनेस पौडेलले गरे पोखरा महानगरको मेयरमा उम्मेदवारी घोषणा

पोखरा। लेखक गनेस पौडेलले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आफ्नो फेसबुकमार्फत उम्मेदवारीको घोषणा गरेका हुन्।

‘जित वा हारभन्दा पर पनि एउटा लडाइँ हुन्छ। दशकौँको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी ‘अटेरी’ मत हुन्छ,’ पौडेलले लेखेका छन्, ‘म त्यो लडाइँमा जाँदैछु। यसपटक ‘अटेर’ गर्दैछु। आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगर पालिकाबाट मेयरको पदमा उम्मेदवारी दिने निर्णय गरेको छु, आउनुस् केही गरौँ। अति भो ‘अटेर’ गरौँ !’

पोखरामा अरु कसैले उम्मेदवारी घोषणा गरेका छैनन्। पौडेलको केही वर्ष पहिलो उपन्यास पैताला प्रकाशित भएको थियो।

सरकारले आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved