गाउँगाउँका योजना अनुगमनमा निस्किए भौतिक पूर्वाधारमन्त्री सोडारी

अनुगमनको क्रममा मन्त्री सोडारीले आयोजना द्रुत गतिमा कार्यान्वयन गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिएका छन्।

नेपालभ्युज

गाउँगाउँका योजना अनुगमनमा निस्किए भौतिक पूर्वाधारमन्त्री सोडारी

धनगढी। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले आफ्नो मन्त्रालयअन्तर्गत योजना अनुगमनमा निस्किएका छन्।

योजनाहरु अनुगमनको क्रममा डोटी पुगेका मन्त्री सोडारीले जिल्लाका विभिन्न योजनाहरु अनुगमन गरेका छन्।

दिपायल सिलगढी नगरपालिकास्थित दिपायल–पिपल्ल्ला–घोल्तडा लिफ्ट खानेपानी, दिपायल–बोक्टान–सहजपुर लगायतका सडकको निरीक्षण गरेका छन्। उनले योजना अनुगमन तथा निरीक्षण गर्दै समयमै काम सक्न निर्देशन दिएका छन्।

मन्त्री सोडारीले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका जिल्ला कार्यालयहरुको समेत अनुगमन गरेका छन्।

उनले डोटीका खानेपानी, जलस्रोत तथा सिँचाइ कार्यालय, पूर्वाधार विकास कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यलय प्रमुखसँग आयोजना कार्यान्वयन बारे जानकारी लिएका छन्।

अनुगमनको क्रममा मन्त्री सोडारीले आयोजना द्रुत गतिमा कार्यान्वयन गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved