प्रचण्डमाथि बाबुरामको टिप्पणी, ‘भित्र खाओवाद, बाहिर माओवाद !’

एमसीसी परियोजनामा प्रचण्डले दोहोरो भूमिका देखाएपछि प्रचण्डले बाहिर माओवादी देखिएर भित्र खाओवादी प्रवृत्ति देखाएको टिप्पणी उनले गरेका हुन्।

नेपालभ्युज

प्रचण्डमाथि बाबुरामको टिप्पणी, ‘भित्र खाओवाद, बाहिर माओवाद !’

काठमाडौं। पूर्व सहकर्मी तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई तीखो टिप्पणी गरेका छन्। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामा प्रचण्डले दोहोरो भूमिका देखाएपछि प्रचण्डले बाहिर माओवादी देखिएर भित्र  खाओवादी प्रवृत्ति देखाएको टिप्पणी गरेका हुन्।

प्रचण्डले एमसीसी परियोजना संशोधनबिना पारित गर्न नहुने बताइरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा र उनले अमेरिकी सहयोग नियोग (एमसीसी)लाई लेखेको संयुक्त पत्र सार्वजनिक भएपछि प्रचण्डले  भूमिकालाई लिएर प्रश्न उठेको छ।

भट्टराईले मध्राति ट्विट गर्दै लेखेका छन्, ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात! भित्र खाओवाद बाहिर माओवाद! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दै बन्दैन। एमसीसी जुन ढंगले गिजोलिँदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved