निजी सवारीमा पनि हट्यो जोर बिजोर नियम, १ फागुनबाट विद्यालय खोल्न अनुमति

नेपालभ्युज

निजी सवारीमा पनि हट्यो जोर बिजोर नियम, १ फागुनबाट विद्यालय खोल्न अनुमति

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा गुड्ने सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली आज राति १२ बजेदेखि हट्ने भएको छ। तीनवटै जिल्लाका जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।

कोभिड-१९ को सङ्क्रमण बढेपछि स्वास्थ्य मापदण्डमा कडाइ गर्दै काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली लागू गरिएको थियो। पछिल्लो पटक १४ माघदेखि निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गरिएको थियो। आजबाट त्यसलाई पनि हटाइएको हो।

त्यस्तै, १ फागुनदेखि काठमाडौं उपत्यकामा विद्यालय खोल्न अनुमति दिने निर्णय पनि बैठकले गरेको छ। स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रूपमा पठनपाठन गर्न सकिने निर्णय बैठकले गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved