संझना

रिसमा लताले भनिन्, ‘‘संगीतकारले अवार्ड पाउँछ, हामी किन गाउने ?’’

नेपालभ्युज

रिसमा लताले भनिन्, ‘‘संगीतकारले अवार्ड पाउँछ, हामी किन गाउने ?’’

एजेन्सी। स्वर कोकिला लता मंगेशकरले ९२ वर्षको उमेरमा आज संसार छाडेकी छिन्। उनी गायनमा पोख्त त थिइन् नै आफ्नो भद्र स्वभावका कारण पनि धेरैको मनमा बसिन्। सायदै, मानिसहरूले उनी रिसाएको देखें । तर ६ दशक पहिले एउटा घटनाले उनको चित्त निकै दुखेको थियो।

उनी यति धेरै रिसाइन् कि सार्वजनिक कार्यक्रममा गीत गाउन समेत अस्विकार गरिदिइन्। लताको यस आक्रोशलाई पाश्र्वगायकहरूले कदर गर्नुपर्छ। उनले जताएको विरोधकै कारण आज भारतका फिल्मफेयर अवार्डहरूमा पाश्र्वगायकलाई पनि अवार्ड दिने गरिन्छ।

किन रिसाएकी थिइन् लता ?
यो कथा बलिउडको सबैभन्दा महत्वपूर्ण फिल्मफेयर अवार्डसँग जोडिएको छ। यसलाई हिन्दी फिल्म दुनियाँको अति प्रतिष्ठित अवार्डका रुपमा लिइन्छ । १९५४ मा यो अवार्ड शुरू भएको थियो। पहिलो वर्ष केवल पाँच क्याटागोरीमा मात्रै अवार्ड दिइउको थियो। सर्वश्रेष्ठ फिल्म। सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ अभिनेता, सर्वश्रेष्ठ अभिनेत्री र सर्वश्रेष्ठ संगीतकार। गायक वा गायिकालाई यस अवार्डका लागि लायक ठानिएको थिएन।

१९५४ मा ‘दो बिघा जमिन’ ले सर्वश्रेष्ठ फिल्म, विमल रायले सर्वश्रेष्ठ निर्देशक, दाग फिल्मबाट दीलिपकुमारले सर्वश्रेष्ठ अभिनेता, मीना कुमारीले बैजू बावारबाट सर्वश्रेष्ठ अभिनेत्री र बैजू बावराका लागि नौशादले सर्वश्रेष्ठ संगीतकारको अवार्ड जिते।

विवादको स्वर १९५७ मा मुखर भयो। लताले यसको अगुवाई गरिन्। संगीतकार शंकर जयकिशन फिल्म ‘‘चोरी चोरी’ को ‘रसिक बलमा’ गीतबाट फिल्मफेयर अवार्डका लागि मनोनयनमा थिए।

यो गीत त्यतिबेला निकै चर्चामा थियो। लताले यसलाई गाएकी थिइन्। संगीतकार जयकिशनले लता मंगेशकरलाइृ अवार्ड समारोहमा यो गीत गाउनका लागि अनुरोध गरे। तर, लताले अस्विकार गरिदिइन्।

‘अवार्ड संगीतकारलाई मात्र मिल्ने, गीत गायक–गायिकाले गाउनुपर्ने कसरी हुन्छ ?’ उनको तर्क थियो। उनले भनेकी थिइन्, ‘‘यदी तपाईहरुलाई मन छ भने समारोहमा गीतको धुन बजाउनुस् । तर म आउने छैन। ’’

यही कुरालाई लिएर शंकर जयकिशन र लताको मनमुटाव भयो। यसपछि यो कुरा आयोजक समक्ष पुग्यो। अनि, बल्ल आयोजकले आफ्नो गल्ती महसुस गरे। त्यसपछि अर्को संस्करणबाट फिल्मफेयर अवार्डमा पाश्र्वगायनतर्फ पनि अवार्ड दिने निर्णय गरियो। १९५९ मा लताले ‘‘आज रे परदेसी’’ गीतका लागि यो अवार्ड जितिन्।

यसको ८ वर्षपछि १९६७ देखि पाश्र्व गायनतर्फ महिला र पूरुषलाई अलग–अलग अवार्ड दिन थालियो। लताले आफ्नो करियरमा ४ पटक फिल्मफेयर अवार्ड जितिन्। १९९३ मा उनलाई फिल्मफेयर लाइफ टाइम अचिभमेन्ट अवार्ड पनि दिइयो। त्यस्तै, १९९४ मा प्रदर्शनमा आएको फिल्म ‘हम आपके हैं कौन’ को ‘‘दीदी तेरा देवर दिवाना’’ ले फिल्मफेयर अवार्डमा स्पेशल अवार्ड जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved