प्रचण्डले देउवालाई सोधे : अहिले नै पत्र सार्वजनिक गर्नुपर्ने के बाध्यता आयो ?

नेपालभ्युज

प्रचण्डले देउवालाई सोधे : अहिले नै पत्र सार्वजनिक गर्नुपर्ने के बाध्यता आयो ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोन वार्ता भएको छ।

वार्ताका क्रममा प्रचण्डले एमसीसीसँग भएको सम्झौता सञ्चार माध्यमसम्मको पहुँचमा पुर्‍याएको भन्दै प्रचण्डले आपत्ति जनाएका छन्।

देउवाले भने आफूले पत्र सार्वजनिक नगरेको दाबी गरेका छन्। यसअघि कात्तिकमा स्वीजरल्याण्डमा आयोजित जलवायुसम्बन्धी विश्व सम्मेलनबाट स्वदेश फर्किँदै गर्दा प्रधानमन्त्री देउवाले प्रचण्ड र आफूले एमसीसीलाई साझा पत्र लेखेको बतएका थिए।

प्रधानमन्त्रीको दाबीलाई प्रचण्डले खारेज गर्दै त्यस्तो कुनै पत्र नलेखेको दाबी गर्दै गर्दा उनीहरूले साझा रुपमा एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएको हो। पत्र सार्वजनिक भएसँगै प्रचण्डले आपत्ति जनाएका हुन्।

प्रचण्डले अहिले नै पत्र सार्वजनिक गर्नुपर्ने बाध्यता के आयो भन्दै गरेको प्रश्नमा देउवाले आफूले पत्र सार्वजनिक नगरेको दाबी गरेका छन्।

यस्तै आज नै प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ।

स्थानीय तहको निवार्चनको मितिका विषयमा छलफल गर्न देउवा ओलीबीच भेट हुने दाबी गरिए पनि भेटको मुख्य विषय एमसीसी नै भएको स्रोतको दाबी छ। स्थानीय तहको निवार्चनको मितिका विषयमा पनि छलफल हुने तर संसद् अवरुद्ध रहेको अवस्थामा एमसीसी बढाउन सकस हुन सक्ने अवस्थामा गतिरोध अन्त्य गर्ने विषयमा देउवा ओलीबीच छलफल हुने भएको हो।

यसअघि शनिबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो। एमाले नेताहरूले संसद् अवरुद्ध जारी रहने दाबी गर्दैगर्दा प्रधानमन्त्री देउवा र ओलीबीच हुन लागेको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यो पनि 

देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्रमा के थियो ?

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved