कोरोनाले २४ घण्टामा ९ जनाको मृत्यु

नेपालभ्युज

कोरोनाले २४ घण्टामा ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु भएको छ। यस अवधिमा १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो। ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा संक्रमण देखिएको हो।

त्यसैगरी पछिल्लो २४ घण्टामा चार हजार ७७१ जन संक्रमणमुक्त भएका छन्। शनिबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९९ हजार ३०३ पुगेको छ। जसमध्ये सक्रिय संक्रमित ५२ हजार ७८० छन्।

नेपालमा मृत्‍यु हुनेको संख्या कुल संख्या ११ हजार ८०३ पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved