किसानका समस्या समाधान गर्न मधेशमा उच्चस्तरीय समिति गठन

नेपालभ्युज

किसानका समस्या समाधान गर्न मधेशमा उच्चस्तरीय समिति गठन

जनकपुरधाम। मधेश प्रदेश सरकारले प्रदेशका किसानहरूको समस्या पहिचान तथा समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

सरकारको आज शनिवार बसेको मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो।

समितिमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साह, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश सर्राफ रहेका छन्।

समितिलाई कृषि तथा पशुपक्षि विकास, किसानको मलखाद, बीउविजन तथा सिँचाइ समस्या, विमाको अवस्था, डुबान कटानको अवस्था, कृषि यान्त्रिकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतीकरणको अवस्था, मधेश प्रदेशको भू-उपयोग नीति निर्माण एवं मधेश सरकारले कषि सुधारका लागि गरेको गतिविधि समीक्षा एवं अगामी योजनाबारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

१५ दिनभित्र अन्तरिम प्रतिवेदन मन्त्रिपरिषद् पेश गर्ने समय सिमा दिइएको उच्चस्तरीय समितिलाई १ महीनामा पूर्ण प्रतिवेदन पेश गरिने समयसीमा दिइएको प्रवक्ता साहले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved