हिउँले भीमदत्त राजमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र

हिमपातले हिजो साँझदेखि नै राजमार्ग अवरुद्ध हुँदा झण्डै तीन हजार यात्रु अलपत्र परेका छन्।

नेपालभ्युज

हिउँले भीमदत्त राजमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र

धनगढी। सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन्। कैलाली कञ्चनपुरबाट डडेल्धुरा जोड्ने राजमार्ग हिमपातका कारण ठाउँठाउँमा अवरुद्ध भएको छ।

सडकमै हिउ जमेपछि ठाउँठाउँमा राजमार्ग अवरुद्ध भएको छ। हगुल्टे लेक क्षेत्रमा सडकमै हिउ जमेपछि धेरै ठाउँमा राजमार्ग अवरुद्ध भएको छ। अहिले कैलालीबाट हिउ हटाउन एउटा डोजर पुगेको छ। डोटीबाट अर्को डोजर आइरहेको छ।

हिमपातले हिजो साँझदेखि नै राजमार्ग अवरुद्ध हुँदा झण्डै तीन हजार यात्रु अलपत्र परेका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार हिमपातका कारण भीमदत्त राजमार्गसंगै दार्चुलाको महाकाली राजमार्ग र अछाम जोड्ने राजमार्ग चौखुट्टेमा अवरुद्ध भएका छन्। यस्तै बाजुराको यातायात सम्पर्क नै टुटेको प्रहरीले जनाएको छ।

यस्तै बैतडीमा भने सवारी साधन सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ। बैतडीका अनारखोली, खोड्पे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँलगायत ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएको थियो।

यता बझाङको राजमार्गबारे भने जानकारी नआएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved