जोरपाटीमा डिशहोम फाइबरनेटको सहवितरण सोरुम उद्घाटन

नेपालभ्युज

जोरपाटीमा डिशहोम फाइबरनेटको सहवितरण सोरुम उद्घाटन

काठमाडौं। नेपालभर इन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाडौंको जोरपाटीमा पनि सहवितरण सोरुम सुभारम्भ गरेको छ। १९ माघदेखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछि सेवा प्रदान गर्न शुरु गरिएको सो सोरुम सञ्चालन दीपा इम्पेक्सले गर्नेछ।

सोरुम उद्घाटन डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको थियो।

लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्‍याउँदै आएको दीपा इम्पेक्सले अब डिशहोम फाइबरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुममार्फत दिनेछ।

१५ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको दीपा इम्पेक्सले अब अझ बढी ग्राहकमाझ पुग्न पनि यस नयाँ सोरुमले मद्दत गर्ने दीपा इम्पेक्सका सञ्चालक सुवास तिमिल्सिनाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved