रूसले भन्यो, ‘युक्रेनमा आक्रमण गर्ने योजना छैन’

युक्रेनको सीमाक्षेत्र नजिकै तर रूसको भूभागमा रूसले गरेका सैनिकहरुको तैनाथलाई कतिपय पश्चिमा देशहरुले रूसले आक्रमण गर्नका लागि त्यहाँ सेना राखेको भनेर प्रचार गरेको राजदूत नेभेजियाले बताए।

नेपालभ्युज

रूसले भन्यो, ‘युक्रेनमा आक्रमण गर्ने योजना छैन’
फाइल तस्वीर

एजेन्सी। संयुक्त राष्ट्रसंघका लागि रूसी राजदूत भेसिली नेभेजियाले रूसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन्।

युक्रेनको सीमाक्षेत्र नजिकै तर रूसको भूभागमा रूसले गरेका सैनिकहरुको तैनाथलाई कतिपय पश्चिमा देशहरुले रूसले आक्रमण गर्नका लागि त्यहाँ सेना राखेको भनेर प्रचार गरेको राजदूत नेभेजियाले बताए।

तर, आफ्नो सीमा क्षेत्रमा राखेका सेना रूसको आफ्नै भूभागतर्फको सुरक्षाका लागि मात्र रहेको पनि राजदूत नेभेजियाले बताएका छन्। यसरी आफ्नो भूभागमा सेना राख्दैमा त्यसलाई आक्रमण नै गर्न लाग्यो भन्नु पश्चिमा देशहरुले रूसमाथि लगाएको आरोपमात्र भएको उनले बताए।

युक्रेनको सीमा क्षेत्रमा रूसले केही महीनादेखि ठूलो संख्यामा सेना तैनाथ गरेको जनाएको छ। तर, ती सेना रूसले युक्रेनलाई आक्रमण गर्नका लागि राखेको भन्दै अमेरिका र बेलायतले आफ्ना नागरिकलाई युक्रेनबाट स्वदेश फिर्ता पनि बोलाएका छन्।

अमेरिका र बेलायतले युक्रेनमा रहेका आफ्नो दूतावासका कर्मचारीलाई फिर्ता बोलाएका छन्। साथै, ती देशले अत्यावश्यक कामबाहेक युक्रेनको भ्रमणमा पनि नजान आफ्ना नागरिकलाई भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved