अध्यक्ष लिङ्देनसँग कमल थापाको गुनासो : मेरो पत्र रद्दीको टोकरीमा फाल्दिनुभयो

लेखे : मलाई महाधिवेशनपछि पार्टीका कार्यक्रममा किन संलग्न नगराएको ?

नेपालभ्युज

अध्यक्ष लिङ्देनसँग कमल थापाको गुनासो : मेरो पत्र रद्दीको टोकरीमा फाल्दिनुभयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीमा सबैलाई समेट्न अध्यक्ष राजेन्द्र लिङ्देनसँग आग्रह गरेका छन्।

आज एक पेज लामो ध्यानाकर्षण पत्र लेख्दै उनले आफूले गत २७ मंसीरमा पठाएको पत्रप्रति गम्भीर बन्न अध्यक्षलाई आग्रह गरेका हुन्। आफू सदैव पार्टी एकता र हितको पक्षमा रहेको लेख्दै उनले पार्टीमा आफ्नो स्थान नभएको र आफूलाई हेलाँ गरेको समेत दुःखेसो लेखेका छन्।

आफ्नो पत्रलाई अध्यक्षले रद्दीको टोकरीमा मिल्कादिएको भन्दै उनले महाधिवेशनपछि आफूलाई पार्टीका कुनै पनि कार्यक्रममा संलग्न नगराएकोप्रति गुनासो गरेका छन्। साथै पार्टीका गतिविधि र कार्यक्रममा पनि आफूलाई कुनै जानकारी नगराई पार्टीबाट अलग्याउन खोजेको आशंका गरेका छन्।

स्थानीय तहको निर्वाचनको तयारीमा पार्टीको सुस्तता आदिका कारण पार्टीको भविष्यबारे आफूलाई चिन्ता बनाएको उनले लेखेका छन्।

पार्टीको आन्तरिक मामिलामा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको हस्तक्षेपको विरोध गरेका उनले  राप्रपा निर्मल निवासले खोलेको पार्टी नभएको भन्दै निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि नहुने उल्लेख गरेका छन्।

यस्तो छ पत्र

मैले तपाइलाई मिति २०७८ मंसिर २७ गते पठाएको पत्रको सम्झना दिलाउँदै यो ध्यानाकर्षण पत्र प्रेषित गरेको छ । मांसर २७ का उक्त पत्रमा मल “पार्टीका बृहत्तर हित र एकताको पक्षमा म मन बचन र कर्मले प्रतिवद्ध छु । या पाटीमा मेरो रगत पसिना बगेको छ । मलाई राप्रपाको धेरै माया छ । पार्टीका हजारो कार्यकताहरूको भविष्यको मलाई चिन्ता छ भनि उल्लेख गरेको थिएँ । उक्त धारणा प्रति म अहिले पनि प्रतिवद्ध छु। पार्टीको ऐतिहासिक एकता महाधिवेशन पछि पार्टीले गति लिने अपेक्षा गरिएको थियो तर अहिले परिस्थिति बिस्तारै निराशाजनक हुदै गैरहेको देखिन्छ । पार्टीको वृहत्तर हित र एकतालाई अक्षुण्ण राख्ने पवित्र उदेश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवं सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईले मेरो पत्रलाई रद्दीको टोकरीमा फालिदिनु भएको छ ।

महाधिवेशन पछि पार्टीका कुनैपनि कार्यक्रममा मलाई सलग्न गराइएको छैन, पार्टीका कार्यक्रम र गतिविधि वारे मलाई कुनै सूचना र जानकारी समेत दिईएको छैन । योजनाबद्धरूपमा मलाई अलग्याउने प्रयास भैरहेको देखा।

यसविच एकपक्षीय, पुर्वाग्रही र समावेशी मान्यता विपरित केन्द्रिय कार्यसमितिको विस्तार, राष्ट्रियसभा निर्वाचनमा अबलम्बन गरिएको हचुवा नीति, स्थानीयतहको निर्वाचन तयारीमा सुस्तता आदिको कारण पार्टीको भविष्य बारे थप चिन्ता बढेर गएको छ। पार्टीको आन्तरिक मामिलामा निर्मल निवास र राजा ज्ञानेन्द्रको नाही हस्तक्षेपको बिरोध गर्नु, पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने योजनालाई अस्विकार गर्नु तथा पार्टीलाई भजनमण्डली हुनबाट रोक्नु राजसस्थाको विरोध होईन । संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा जन सशक्तरूपमा प्रस्तुत हुन त्यो अनिवार्य शर्त हो । राप्रपा सक्रिय र निरकुश राजतन्त्रको पक्षमा छैन भन्ने कुरा हामीले छाति बोलेर भन्न हिच्किचाउनु हुँदैन । राजसंस्था प्रतिका हामा आस्था सैद्धान्तिक निष्ठा हो ।

राजसस्था पार्टी राजनीति भन्दा माथी सबैको साझा भएर रहन सक्नुपर्छ। राप्रपा निर्मल निवासले खोलेको पार्टी होईन । निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन । नविसी राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी हो । यसलाई त्यहीरूपमा कायम राख्नुपर्छ । पुर्व अध्यनहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपती शमसेर राणा र कमल थापाले कायम राखेको पार्टीको स्वतन्त्र, स्वाभिमानी र प्रजातान्त्रिक चरित्र र इतिहास तपाईको पालामा स्खलित नहोस् भन्ने म चाहन्छु ।

तपाई पार्टीको गरीमामय अध्यक्ष पदमा निर्वाचित भैसान भयो । मैले निर्वाचन परिणामलाई चुनौति दिएको छैन । आउँदो पांच वर्ष तपाईले नै पार्टीलाई हाँस्ने हो । सबैलाई समेटेर पार्टीलाई दुर्घटनाबाट जोगाउने पनि तपाईको मुख्य जिम्मेबारी हो।

त्यसर्थ, मैले २०७० मसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल कन्द्रिय कार्यसमितिको बैठकमा पेश गर्न तथा त्यसवारे आवश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुन पठाएको छ । फेरी पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुराउने तथा पार्टीलाई दुर्घटना तर्फ धकेल्ने कार्य तपाईबाट हुने छैन भन्ने अपेक्षा गरेको छु। धन्यवाद


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved