सशस्त्र प्रहरीद्वारा सरसफाइ अभियान शुरू

नेपालभ्युज

सशस्त्र प्रहरीद्वारा सरसफाइ अभियान शुरू

डोटी । जिल्लाको दिपायलमा तैनाथ रहेको सशस्त्र प्रहरीको ३६ नम्बर गणले जिल्लामा साप्ताहिकरूपमा बजार सरसफाइ अभियान सुरू गरेको छ। उक्त सरसफाइ अभियानअन्तर्गत आज यहाँको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारमा सरसफाइ गरिएको छ।

‘खप्तडको मुख्य प्रवेशद्वार सफा र सुन्दर हाम्रो पिपल्ला बजार’ भन्ने नाराका साथ आजबाट प्रत्येक शनिबार बजार सरसफाइ गरिने अभियान सञ्चालन भएको उक्त गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर विष्टले बताए। उनले भने, “पिपल्ला बजार तथा आसपासका क्षेत्र सफा राख्ने हाम्रो अभियानअन्तर्गत आजबाट प्रत्येक शनिबार बजार सरसफाइ गर्ने अभियान सुरु गरका छौँ, आशा छ हाम्रो बजार सुन्दर सफा हुने छ।”

त्यसैगरी सशस्त्र प्रहरीको उक्त अभियानअन्तर्गत यहाँका मुख्य धार्मिकस्थल शैलेश्वरी मन्दिर, सालमुनी मन्दिर, भगवती मन्दिरलगायतका सार्वजनिकस्थलको सरसफाइ नियमित गर्दै आइरहेको छ भने विभिन्न सामाजिक चेतनामूलक अभियानमा समेत सहभागिता जनाउने गरेको छ।

पछिल्लो समयमा कोरोना त्रास र भाइरल ज्वरोका बिरामी दिनानुदिन बढिरहेको अवस्थामा बजार, घरआँगन सरसफाइ हुन अति महत्वपूर्ण भएकाले बजार सरसफाइमा व्यापारीहरूको पनि सहभागिता भएको र सशस्त्र प्रहरीले सञ्चालन गरेको मन्दिर तथा बजार सरफाइ अभियान उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए।

उक्त अभियानमा उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, टाफ्रिक प्रहरी, होटल व्यवसायी, नगरपालिकाका जनप्रतिनिधिलगायतको सहभागिता रहने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved