आजको मौसम: दुई प्रदेशमा वर्षाको अनुमान, हिमपातको सम्भावना

नेपालभ्युज

आजको मौसम: दुई प्रदेशमा वर्षाको अनुमान, हिमपातको सम्भावना

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभरको मौसम बदली रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न पनि महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले बुधबार बिहान जारी गरेको मौसमी विवरणअनुसार आज बिहान हाल सुदूरपश्चिम र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved