चितवन जिल्ला प्रशासनद्वारा अत्यावश्यकबाहेक सेवा बन्द

नेपालभ्युज

चितवन जिल्ला प्रशासनद्वारा अत्यावश्यकबाहेक सेवा बन्द

चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले ७ माघदेखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ। शुक्रबारदेखि लागू हुने गरी शान्ति, सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक बाहेकका सबै सेवा रोकिने जनाएको छ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी जरुरी सूचनामा कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भई उपचाररत तथा आइसोलेशनमा रहेकाले सेवा स्थगन गरिएको उल्लेख गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले तीन कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र अन्य केहीको परिवारका सदस्यहरुमा कोभिड–१९ को सङ्क्रमण देखिएकाले उनीहरू आइसोलेशनमा रहेको जानकारी दिए।

नागरिकता जारी गर्ने, राहदानी, संस्था नवीकरणलगायत नियमित काम माघ १४ गतेसम्म रोकिने भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved