टिपरको ठक्करबाट कोटेश्वरमा मोटरसाइकल चालकको मृत्यु

नेपालभ्युज

टिपरको ठक्करबाट कोटेश्वरमा मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं। कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पछाडि सवार एक जना घाइते भएका छन्।
तीनकुनेबाट कोटेश्वर तर्फ जाँदै गर्दा गए राति साढे ११ बजे प्रदेश ३–०२–०२६ प १८२४ नम्बरको मोटरसाइकल नम्बर नखुलेको टिपरमा ठोक्किएर दुर्घटना भएको हो।
घटनामा मोरङ घर भई सल्लाघारी बस्ने २६ वर्षीय अनन्त लिम्बुको मृत्यु भएको हो। मोटरसाइकलको पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा घाइते भएका छन्।
टिपरसहित चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved