बतासले लिजमा पाएको पशुपति धर्मशालाको सम्झौता भङ्ग गर्न सिफारिस

नेपालभ्युज

बतासले लिजमा पाएको पशुपति धर्मशालाको सम्झौता भङ्ग गर्न सिफारिस

काठमाडौं। नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भङ्ग गर्न छानबिन समितिले सिफारिस गरेको छ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडा सम्झौतासम्बन्धी छानबिन समितिले यस्तो सिफारिस गरेको हो।

समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहर गरेको छ।

त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएको देखिँदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको ठहर छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved