प्रधानमन्त्री देउवाको सचिवालयमा ‘इन्ट्री’ गर्दै प्रकाश शरण महत

कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदका दाबेदार महत पराजित भएका थिए। देउवा क्याम्पबाट महतसहित प्रदीप पौडेल महामन्त्री पदको दाबेदार रहेकामा दुवै पराजित भएका थिए।

नेपालभ्युज

प्रधानमन्त्री देउवाको सचिवालयमा ‘इन्ट्री’ गर्दै प्रकाश शरण महत
फाइल फोटो

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश शरण महतलाई आफ्नो राजनीतिक सल्लाकार नियुक्त गर्ने भएका छन्।

सरकार गठन भएको ६ महीनापछि प्रधानमन्त्री देउवाले आफ्नो सचिवालयलाई पूर्णता दिने तयारी गर्दै गर्दा महतलाई आफ्नो राजनीतिक सल्लाकारका रुपमा नियुक्त गर्न लागेका हुन्।

“महत प्रधानमन्त्री देउवाको राजनीतिक सल्लाकार नियुक्त हुने पक्का जस्तै भएको छ। समीकरणमा केही फेरबदल नभएको अवस्थामा अबको केही दिनमा उहाँ उक्त पदमा नियुक्त हुनुहुन्छ,” प्रधानमन्त्री देउवा निकट स्रोतले बतायो।

कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदका दाबेदार महत पराजित भएका थिए। देउवा क्याम्पबाट महतसहित प्रदीप पौडेल महामन्त्री पदको दाबेदार रहेकामा दुवै पराजित भएका थिए।

प्रधानमन्त्री देउवा निकट मानिने महत देउवा क्याम्पकै धेरै नेतालाई पछि पार्दै महाधिवेशनमा महामन्त्री पदको उमेदवार चयन भएका थिए। पौडेल कृष्णप्रसाद सिटौला समूहको कोटामा देउवा प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए।

महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मासँग महामन्त्री पदमा पराजित भएका महतले आफ्नै प्यानलका साथीहरुको असहयोगका कारण महाधिवेशनमा पराजित भएको बताउने गरेका छन्।

यसबीच, देउवा क्याम्पका अन्य नेतालाई पछि पार्दै महतले फेरी एकपटक बाजी मार्ने देखिएको हो। यस्तै प्रधानमन्त्रीको आर्थिक मामिला सल्लाहकारमा अर्थविद् पोषराज पाण्डेको नाम चर्चामा रहेको स्रोतको दाबी छ।

यस्तै, सचिवालयलाई पूर्णता दिने तयारी गरेका प्रधानमन्त्री देउवाले प्रेस सल्लाकारमा भने परराष्ट्र मामिलाका जानकार गेजा शर्मा वाग्लेलाई प्रस्ताव गरेका छन्।

वाग्लेको इच्छा परराष्ट्र सल्लाकारमा रहे पनि प्रधानमन्त्री देउवाले वाग्लेलाई प्रेस सल्लाकारको भूमिका निर्वाह गर्न आग्रह गरेको स्रोतको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved