कजाखस्तानबाट सैनिक फिर्ता ल्याउन रूसले खटायो १८ सैन्य विमान

रूसको मस्को क्षेत्र र इभानु क्षेत्रबाट ती विमानहरु एयरफिल्डमा पठाउने रुसी रक्षा मन्त्रालयले जनाएको छ।

नेपालभ्युज

कजाखस्तानबाट सैनिक फिर्ता ल्याउन रूसले खटायो १८ सैन्य विमान

एजेन्सी। रूसले कजाखस्तानमा तैनाथ रहेका आफ्ना सैनिकहरुलाई फिर्ता १८ ओटा विमान परिचालन गर्ने भएको छ।

रूसले आफ्ना सैनिक फिर्ता ल्याउनका लागि १५ आईएल–७६ र तीन एन–१२४ सैन्य विमान प्रयोग गर्ने जनाएको हो।

रुसी रक्षा मन्त्रालयका अनुसार ती विमानले सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ) मिसनका रूसी शान्ति सैनिकहरू र सैन्य सवारी साधनहरू फिता ल्याउने छ।

रूसको मस्को क्षेत्र र इभानु क्षेत्रबाट ती विमानहरु एयरफिल्डमा पठाउने रुसी रक्षा मन्त्रालयले जनाएको छ।

ती विमानहरुले सीएसटीओ सामूहिक शान्ति सेनाका कार्यहरू पूरा गर्ने एयरबोर्न इकाइका कर्मचारी र सवारी साधनहरू ल्याउने मन्त्रालयले जनाएको छ ।

फिर्ता भएका सैनिक आफ्नो पूर्ववत कार्यक्षेत्रमा स्थायी तैनाथ हुने मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved