कर्णाालीमा कोरोना संक्रमण दर बढ्यो

नेपालभ्युज

कर्णाालीमा कोरोना संक्रमण दर बढ्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमण  बढ्दो छ। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक बुधबार कर्णालीमा २१ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ। अर्थात संक्रमण दर ७६ प्रतिशत छ।

सोही दिन ११२ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनालाई पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ। त्यस्तै बिहीबार ७ जनाको पीसीआर गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर पोजेटिभ दर ५७ प्रतिशत देखिएको हो। सोही दिन ७९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा १२ जनामा संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ।

प्रदेशमा ११३ जना संक्रमितहरु होमआसोलेसनमा छन्। जस्मा सुर्खेतमा ७७ जना, सल्यानमा २६ जना, कालिकोटमा ६ जना, दैलेखमा २ जना, रुकुमपश्चिम र जाजरकोटमा एकरएकजना छन्।

पछिल्लो समय बढ्दै गएको संक्रमण दरले कोभिडको तेस्रो लहरको संकेत गरेकोे प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए। आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरे गत वर्ष जेठ–असारको नियति दोहोरिन सक्ने उनले बताए ।

‘संक्रमण दर ह्वात्तै बढेको छ, जनस्वास्थ्यको मापदण्ड पालनामा हेलचेक्र्याइँ भइरहे हामीले गत जेठ–असारमा भोगेको नियती फेरि नआउँला भन्न सकिन्न’ डा. खड्काले भने ‘पछिल्लो तथ्यांक केलाउँदा भयावह स्थिति आउन सक्ने आंकलन सहजै गर्न सकिन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved