सरकारको प्राथमिकता देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नु होः मन्त्री श्रेष्ठ

नेपालभ्युज

सरकारको प्राथमिकता देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नु होः मन्त्री श्रेष्ठ

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापी रुपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्नको लागि स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गर्ने प्रतिवद्धता जनाएका छन्।

मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवर्द्धनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले रोजगारी सिर्जना गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्न आग्रह गरे।

श्रेष्ठले उद्यमशीलताको संस्कृति विकास गर्दै कामको सम्मान गर्ने वातावरण तयार गर्नुपर्ने बताउँदै बजारको माग बमोजिम सीपमूलक श्रमशक्ति विकास गर्न आवश्यक रहेको बताए। यस क्षेत्रका व्यावहारिक कठिनाइ तथा समस्याको पहिचान गर्दै आन्तरिक रोजगारीको क्षेत्रमा क्रियाशील सरोकारवालाहरूलाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको उनको भनाइ छ।

सरकारको मुख्य प्राथमिकता देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नु रहेको बताउँदै उनले पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न दीर्घकालीन रणनीति बनाएर अघि बढ्नु आवश्यक रहेको बताए।
स्थानीयस्तरमा रहेका रोजगारीको सम्भावनाका क्षेत्रहरूको पहिचान गर्न र आन्तरिक रोजगारीको प्रवर्द्धनमा संघ, प्रदेश र स्थानीय तहबीच गर्नुपर्ने समन्वय र सहकार्यका क्षेत्रहरूको पहिचान गर्न आवश्यक रहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved