जापान र सिंगापुरको पासपोर्ट सर्वाधिक शक्तिशाली, पुछारबाट सातौंमा नेपाल

प्यालेस्टिनी भूभाग र नेपाली पासपोर्टको हैसियत समान, उत्तर कोरियाभन्दा पनि कमजोर

नेपालभ्युज

जापान र सिंगापुरको पासपोर्ट सर्वाधिक शक्तिशाली, पुछारबाट सातौंमा नेपाल

एजेन्सी। कुनै पनि देशको पासपोर्टको क्षमताको आँकलन अन्य देशसँग उसको सम्बन्धलाई आधार मानेर गरिन्छ। जारी २०२२ को पहिलो रिपोर्टले जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा धेरै शक्तिशाली रहेको देखाएको छ।

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसियशन (आईएटीए) बाट मिलेको आँकडाका आधारमा लण्डनस्थित हेन्ली समूहले वर्ष २०२२ को पहिलो त्रैमासिकका लागि नयाँ पासपोर्ट र्‍याङकिङ्ग सार्वजनिक गरेको हो । यसअनुसार जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली छन्। यी देशका नागरिकले १ सय ९२ देशमा भिसा बिना वा अन–अराईभल भिसा सुविधामा यात्राको अनुमति पाउँछन्। जर्मनी र दक्षिण कोरियाका नागरिकहरूले पनि १ सय ९० देशमा भिसा नलिई वा अन अराईभल भिसा सुविधामा यात्रा गर्न पाउँछन्, त्यहीकारण यी देशको पासपोर्टलाई दोस्रो स्थानमा राखिएको छ।

पुछारबाट सातौं स्थानमा नेपाल

नेपाल पुछारबाट सातौं स्थानमा छ। उत्तर कोरियाभन्दा पनि नेपालको पासपोर्टलाई कमजोर मानिएको छ। उत्तर कोरियाका नागरिकले ३९ देशमा भिसा नलिई वा अन अराईभल भिसा सुविधामा यात्रा गर्न पाउँछन्। नेपाल र प्यालेस्टाइनी भूभागका नागरिकले ३७ वटा देशभा भिसा नलिई वा अन–अराईभल भिसा सुविधामा यात्रा गर्न पाउँछन्। यस सूचीमा नेपालपछि सोमालिया, यमन, पाकिस्तान, सिरिया, ईराक र अफगानिस्तान छन्।

फिनल्यान्ड र इटली तेस्रोमा

फिनल्यान्ड, इटली, लक्जमवर्ग र स्पेनका पासपोर्टधारीहरूले १ सय ८९ देशमा भिसा नलिई वा अन अराई यात्रा गर्न पाउँछन्। त्यसैले यी देशहरूलाई तेस्रो स्थानमा राखिएको छ। अस्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्यान्ड र स्विडेन संयुक्त रुपमा चौथो स्थानमा छन्। त्यसैगरी, आयरल्यान्ड र पोर्चुगल पाँचौ स्थानमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved