चलिस प्रतिशत लाभांश पारित गर्दै नेपाल क्लियरिङ हाउस

नेपालमा वित्तीय कारोबारको क्लियरिङ हाउसको कार्य गर्ने पब्लिक लिमिटेड कम्पनी नेपाल क्लियरिङ हाउसको १० औँ वार्षिक साधारण सभा आज (बुधबार) हुँदैछ।

नेपालभ्युज

चलिस प्रतिशत लाभांश पारित गर्दै नेपाल क्लियरिङ हाउस

काठमाडौं। नेपालमा वित्तीय कारोबारको क्लियरिङ हाउसको कार्य गर्ने पब्लिक लिमिटेड कम्पनी नेपाल क्लियरिङ हाउसको १० औँ वार्षिक साधारण सभा आज (बुधबार) हुँदैछ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने छ।

नेपाल क्लियरिङ हाउस लिमिटेड नेपालमा वित्तीय कारोबारको क्लियरिङ हाउसको कार्य गर्ने पब्लिक लिमिटेड कम्पनी हो । यस कम्पनीको स्थापना २०६५ मङ्सिर २३ मा नेपालको केन्द्रीय बैङ्कको अगुवाइमा भएको थियो। यस कम्पनीमा नेपाल राष्ट्र बैङ्क, स्मार्ट च्वाइस टेक्नोलोजिजलगायत विभिन्न बैङ्क तथा वित्तीय संस्थाको लगानी रहेको छ।

मुलुकभरका बैङ्क तथा वित्तीय संस्थाको चेक राफसाफ गराउने, अन्तर बैङ्क विद्युतीय भुक्तानी प्रणाली सेवा दिने लगायतका नेपाल क्लियरिङ हाउसले गर्छ। यसको स्थापना हुनु पूर्व चेक राफसाफ भएर भुक्तानी पाउन १ महिनादेखि ४५ दिनसम्म लाग्थ्यो। अहिले त्यो काम २४ घण्टाभित्रै हुन्छ। त्यस कारण बैङ्क तथा वित्तीय संस्थाका ग्राहकले छोटो समयमै नगद भुक्तानी प्राप्त गर्न सक्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved