भक्तपुरका मल तथा बीउविजन पसलमा मनोमानी

नेपालभ्युज

भक्तपुरका मल तथा बीउविजन पसलमा मनोमानी

भक्तपुर । कृषि मल तथा बीउविजन बिक्रीमा कृषि सहकारी तथा व्यवसायीले मनोमानी मूल्य लिएको पाइएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज मल तथा बीउविजन पसलमा भएको अनुगमनका क्रममा व्यवसायीले मनोमानी मूल्य लिएर बिक्री गरिरहेको पाइएको हो।

समितिले स्थानीय भुवनेश्वर कृषि सहकारी संस्था, सिद्धि कृषि सहकारी संस्था, न्हुन्छेभक्त कुटुवाजू, पासा कृषि सामग्री तथा बीउविजन भण्डार, ह्युमिक गोल्ड मल, छुमा गणेश कृषि सेवालगायतमा अनुगमन गरी पसलमा मूल्य सूची राखेर नगरपालिकाले निर्धारण गरेभन्दा बढी मूल्य नलिन र तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिएको संयोजक गोराले जानकारी दिए।

अनुगमनमा ह्युमिक गोल्ड मल पसलमा मिसावट गरेको मल बिक्री गरेको पाइएको छ। उक्त पसलबाट मिसावट १३ किलो मल, म्याद नाघेका कृषि बीउ एवं औषधि निम, एग्रिनिम, आक्ट, अल्गा, विन चि विन, डिफेन्स, एग्रोमिक्स, चुगंस्टोप, कार्बन, अग्रीसिन, डेभिस्टिन, स्टिको गम, सैजोक्स, नेमोकोल, ऊर्जा मल, मुरियम तानलगायत जफत गरी नष्ट गरेको बजार निरीक्षक रामकृष्ण प्रजापतिले बताए।

महँगो गरी बढी मूल्य लिएको र म्याद नाघेको बीउविजन र विषादी बिक्री वितरण गरेको गुनासो आएकाले बजार अनुगमन गरेको प्रजापतिले बताए। माजसु कृषि सहकारी संस्था, छुमा गणेश एग्रो सेन्टर, प्रगति एग्रो बीउ भण्डार, जय महाकाली बीउविजन भण्डारलगायतमा मल बिक्री गर्दा बिल नदिने, नवीकरण नगरेको, नगरपालिकाले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्य लिएर बिक्री गरेको, म्याद नाघेका मल, बीउविजन र विषादी बिक्री गरेको पाइएको पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved