चाकुको व्यापार र उत्पादन बढ्यो

नेपालभ्युज

चाकुको व्यापार र उत्पादन बढ्यो

काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्रता आएको छ। काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो। जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ।

माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवासायीहरु चाकु बनाउनमा व्यस्त छन् । चाकुको मूल्यमा भने गत वर्षको भन्दा फरक नरहेको पाटनका चाकु उत्पादक कृष्ण महर्जनले बताए। उनले अहिले माघे संक्रान्ती नजिकिएकाले पनि धेरै मानिसहरु चाकु किन्न आइरहेको बताए। ज्यानमा फुर्ति, ल्याउन र शरीरलाई तातो बनाइराख्नका लागि चाकुले सहयोग गर्ने उनको भनाइ छ।

चाकु उत्पादक महर्जनले भने, ‘पहिलाको जति थियो अहिले पनि त्यत्ति नै मूल्यमा छ । भक्तपुर काठमाडौं सबैतिरबाट किन्न आएको छ । यो खाएपछि मान्छेहरुको ज्यान तात्ने, बलियो हुने हिसाबले चाकु खान्छ , गर्मीमा खाँदैन, गर्मी हसनका लागि खान्छ , बर्खा महिनामा खानु हुँदैन, त्यही जोडो महिनामा धेरै बिक्री हुन्छ, गर्मी महिनामा भन्दा।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved