कजाखस्तान प्रदर्शन: १६४ जनाको मृत्यु, पाँच हजारभन्दा बढी पक्राउ

इन्धनको मूल्यमा भएको ठूलो वृद्धिले कजाकहरू क्रुद्ध भएका छन्। कजाकस्तान तेल र प्राकृतिक ग्याँसको निर्यातकर्ता देश हो।

नेपालभ्युज

कजाखस्तान प्रदर्शन: १६४ जनाको मृत्यु, पाँच हजारभन्दा बढी पक्राउ

एजेन्सी। कजाखस्तानमा हिंसात्मक उथलपुथलमा कम्तिमा १६४ व्यक्तिको मृत्यु भएको छ भने पाँच हजार जनाभन्दा बढीलाई हिरासतमा राखिएको छ।

कजाखस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै आइतबार राज्य सञ्चालित टीभी स्टेसन खबर २४ ले प्रकाशित गरेको मृत्युको संख्यामा उल्लेख्य वृद्धि भएको पनि सीएनएनले रिपोर्ट गरेको छ।

कजाखस्तानको सरकारी सञ्चारमाध्यमका अनुसार कजाखस्तानमा भएको विरोध प्रदर्शनमा संलग्न भएको आशंकामा अहिलेसम्म कम्तिमा पाँच हजार १३५ व्यक्तिलाई पक्राउ गरिएको देशको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

इन्धनको मूल्यमा भएको ठूलो वृद्धिले कजाकहरू क्रुद्ध भएका छन्। कजाकस्तान तेल र प्राकृतिक ग्याँसको निर्यातकर्ता देश हो।

मध्य एशियाली देश कजाखस्तानमा विरोध प्रदर्शनले प्रधानमन्त्रीको राजीनामा सँगै मन्त्रिपरिषद् विघटन भएको छ। राष्ट्रपतिले कजाखस्तानमा रुसका सैनिक परिचालनसहित संकटकालको घोषणा गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved