अमेरिकाको एक अपार्टमेन्टमा आगलागी, कम्तीमा १९ जनाको मृत्यु

नेपालभ्युज

अमेरिकाको एक अपार्टमेन्टमा आगलागी, कम्तीमा १९ जनाको मृत्यु

काठमाडौं। अमेरिकाको न्युयोर्कमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमध्ये आठ जना बालबालिका छन्। ३२ जना घाइते भएका छन्। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ। १९ तले भवनको दोस्रो र तेस्रो तलामा आगलागी भएकोमा धुवाँले गर्दा सबै तलमा आगलागीको प्रभाव परेको छ।

आगोको मुस्लो र धुवाँमा निसास्सिएर धेरैको ज्यान गएको न्युयोर्कका मेयर एरिक एडम्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved