कोरोना महामारीका कारण कमल थापाको राष्ट्रिय एकता अभियान स्थगित

नेपालभ्युज

कोरोना महामारीका कारण कमल थापाको राष्ट्रिय एकता अभियान स्थगित

काठमाडौं। राप्रपा पूर्वअध्यक्ष कमल थापाले २७ पुसबाट गर्न लागेको राष्ट्रिय एकता अभियान रोकेका छन्। कोरोना भाइरस महामारी पुनस् फैलन थालेपछि उनले अभियान रोकेको बताएका छन्।

‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ’, थापाले ट्वीटरमार्फत भनेका छन्।

राप्रपा अध्यक्षमा अनपेक्षित परिणाम आएपछि उनले आफ्नो पराजयको कारण पूर्वराजा ज्ञानेन्द्र भएको आरोप लगाएका थिए। नेता थापाले राप्रपा नछाडे पनि समानान्तर रूपमा छुट्टै अभियान गर्न लागेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved