राष्ट्रपति भण्डारीले संविधान समाप्त पार्न खोजेको पूर्वराष्ट्रपतिको आरोप

नेपालभ्युज

काठमाडौं। पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै समाप्त पार्न खोजेको आरोप लगाएका छन्। भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुईपटक संविधानमाथि आक्रमण गरेको उनले आरोप लगाए।

चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ को शनिबार काठमाडौंमा विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो आरोप लगाएका हुन्। पूर्वराष्ट्रपति यादवले पाँच राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि र अदालतले संविधान जोगाएको बताए।

राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई एकै ठाउँमा राखेर अहिले सदनमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्नुपर्ने पनि उनले बताए। ‘त्यसलाई बन्धक बनाएर राखिएको छ। त्यसका लागि राष्ट्रपतिको कर्तव्य के हो ? सरकार प्रमुखको कर्तव्य के छ ? नागरिक समाजको कर्तव्य के छ ? त्यो कर्तव्य निर्वाह गर्ने कि नगर्ने ? राष्ट्रपति र सरकार प्रमुखले सबै राजनीतिक दलहरूलाई एकै ठाउँमा राखेर गतिरोध अन्त्यका लागि पहल गर्ने कि नगर्ने ? यो व्यवस्थालाई जोगाएर उन्नत समाज निर्माणका लागि समाजवाद तर्फ जान कोसिस गर्ने कि नगर्ने ? मेरो चिन्ता त्यहाँ छ,’’ उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved